२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री त्रिपाठीद्वारा पूर्वाधार साझेदारी बजेट बाँडफाँट

अ+ अ-

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका–४, ५, ६ र ७ पर्दछन् ।

सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आव २०७७/७८ का लागि प्राप्त रु चार करोड बजेट आफ्नो क्षेत्रका विभिन्न योजनामा बाँडफाँट गरेका हुन् । सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा योजना सञ्चालन गर्न पठाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत यो क्षेत्रमा २० योजना छनोट गरिएको छ । छनोट गरिएका योजनामा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

मन्त्री त्रिपाठीका अनुसार शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता बर्दघाटका लागि रु ५० लाख विनियोजन गरिएको छ भने बर्दघाटकै गैडहवा-भगजोगनी पुल निर्माणका लागि रु ३५ लाख विनियोजन गरिएको छ । भगजोगनीमा सामुदायिक भवन निर्माण, दाउन्नेदेवी क्याम्पसमा सटर निर्माण र सुस्ता गाउँपालिका–४ रामजानकी मन्दिरमा सामुदायिक भवन निर्माणका लागि रु २५/२५ लाख छुट्याइएको छ ।

प्रतापपुर स्वास्थ्यचौकी प्रतापपुर, कुडिया स्वास्थ्यचौकी सुस्ता, पञ्चनगर महिला कल्याण कृषि सहकारी बर्दघाट, सरावल-४ हात्तीवन सामुदायिक भवन निर्माण, सरावलकै मङ्गलपुरमा सामुदायिक भवन निर्माण, दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारीका लागि रु २०/२० लाख विनियोजन गरिएको छ ।

प्रतापपुर-५ स्थित बैदौली पुल धर्मशालाका लागि रु १९ लाख ४० हजार तथा सरावल–६ स्थित पुसौलीको अधुरो सडक निर्माण र सरावल–४ को कोटहीमाई दुर्गा मन्दिरमा उद्यान निर्माणका लागि रु १५/१५ लाख विनियोजन गरिएको छ । प्रतापपुर–३ स्थित आमासमूह अमहवाको अधुरो भवन निर्माण, प्रतापपुर-२ गोपीगञ्जस्थित प्रगतिशील महिला समूह, बर्दघाट-१६ सूर्यनगरस्थित बौद्धगुम्बा, बर्दघाटको लघुनाहामा दलित महिला भवन निर्माणका लागि रु १०/१० लाख विनियोजन गरिएको छ । संसारकोट मन्दिर तथा अधुरो महिला भवन निर्माणका लागि रु सात लाख विनियोजन गरिएको मन्त्री त्रिपाठीले जानकारी दिए।