पूर्वमुख्यसचिवलगायत प्रस्तावित तीन राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन पत्राचार « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पूर्वमुख्यसचिवलगायत प्रस्तावित तीन राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन पत्राचार


१९ आश्विन २०७७, सोमबार


काठमाडौँ । मन्त्रिपरिषदबाट सिफारिस भएका तीन जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्ने भएको छ।

सरकारले संघीय संसद् सचिवालयमा पत्राचार गर्दै प्रस्तावित राजदूतको सुनुवाइ अगाडि बढाउन भनेको हो। संसदीय सुनुवाइ समितिमा आइतबार पत्र पुगेको छ।

मन्त्रिपरिषद्को गत असोज १५ को बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो। सोही दिन मुख्यसचिवबाट राजीनामा दिएका लोक दर्शन रेग्मीलाई सरकारले बेलायतका लागि राजदूत सिफारिस गरेको थियो।

असोज १५ मै सरकारले निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो।

सरकारको सिफारिसअनुसार प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अब अगाडि बढाइने संघीय संसद् सचिवालयले जनाएको छ।

समितिको बैठकले सिफारिसमा परेका राजदूत सम्बन्धमा उजुरी आह्वान गर्छ र उजुरी परेन भने सुनुवाइ अघि बढ्छ। यदि उजुरी परेमा प्रस्तावित राजदूतलाई अस्वीकृत गर्न दुई तिहाइ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस