२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं १ मा १३९ संक्रमित थपिए

अ+ अ-

विराटनगर । प्रदेश नं १ मा आज १३९ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, पाँचथर र प्रदेश १ बाहिरका दुई जना रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमण देखिएका मध्येमा ४२ महिला र ९७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना सङ्क्रमित भएका छन् । जसमा ३१ जना महिला र ६५ पुरुष छन् । बुढीगङ्गामा दुई महिला तीन पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको दमकमा सात पुरुष, भद्रपुरमा एक महिला पाँच पुरुष, झापा गाउँपालिकामा दुई पुरुष, कनकाइमा एक महिला र झापाको स्थानीय तह नखुलेका चार जना पुरुष, सुनसरीको इटहरीमा एक महिला दुई पुरुष, धरानमा दुई महिला एक पुरुष, सङ्खुवासभाको सभापोखरीका तीन पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा एकएक पुरुष, पाँचथरको कुम्मायकमा एक महिला र धनुषाका एक महिला र महोत्तरीका एक महिलामा कोरानाको सङ्क्रमण देखिएको छ । प्रदेश नं १ बाट आज ३४ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । घर फर्कनेमा कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरबाट १६ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १३३ पुगेको छ ।

यसै प्रदेशमा आज २ हजार ६३१ जनाको पिसीआर परीक्षण गरिएको छ भने हालसम्म ७० हजार १०२ जनाको पिसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।