पोखरा । पोखरामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
तनहुँको ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
साउन ३२ गते स्वास्थ्यमा समस्या देखिएपछि कास्कीको सेवा अस्पतालमा भर्ना भएकी उनमा सुगर, प्रेसर, मुटु र निमोनिया पनि रहेको डा। पदम खड्काले जानकारी दिए ।