२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेक गणतन्त्रमा बोहुमिन शहरमा अपार्टमेन्टमा आगलागी, कम्तीमा ११ को मृत्यु

अ+ अ-

प्राग । चेक गणतन्त्रको प्रहरीले बुहुमिन शहरमा स्थानीय समय अनुसार आइतबार अपार्टमेन्टको एउटा भवनमा आगलागी हुँदा तीन बच्चासहित ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिसकिएको बताएको छ ।

राजधानीबाट करिब ३०० किलोमिटर उत्तरपूर्वमा रहेको उक्त शहरको अपार्टमेण्टको एघारौँ तलामा जन्मोत्सव मनाइरहेको एक परिवारिक जमगठमा आगलागी हुँदा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य पाँच जना आगलागीबाट बच्न अग्लो भवनबाट हाम फाल्दा ज्यान गुमाएका थिए ।

क्षेत्रीय अभियोजनकर्ता मिखाइल क्रोलका अनुसार आरोप पुष्टि भएमा पक्राउ परेका आरोपितलाई आजिवन कैद सजाय हुने बताए ।

उनले आरोपितलाई हिरासतमा पठाउने वा के गर्ने भन्नेबारे थप अनुसन्धानपछि बताउन सकिने उल्लेख गरे । प्रहरीले आगलागी भएको भवनको ११ औँ तलामा अतिप्रज्वलनशील पदार्थ भेटिएको भन्दै सुरू देखि नै घटना नियोजित भएको आशङ्का गरेको थियो ।

आगलागी नियन्त्रण गर्ने क्रममा दुई अग्नि नियन्त्रक, एक प्रहरी अधिकारी र उद्धारमा खटिएका अन्य १० व्यक्ति घाइते भएका थिए । चेक सञ्चारमाध्यमहरूले उक्त व्यक्तिले घरायसी झगडापछि उक्त तलामा आगो लगाएको हुनसक्ने भन्दै समाचारहरूमा उल्लेख गरेका छन् । मारिएका मानिसहरूमा केही सदस्य आरोपितका आफन्त रहेको पनि बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस