२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहिनी नाता पर्ने किशोरीलाई बलात्कार आरोपी वडा अध्यक्ष जेल चलान

अ+ अ-

कालिकोट । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगधिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् ।

बहिनी नाता पर्ने किशोरीलाई बलात्कार आरोमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।

गाउमा वडा अध्यक्ष शाही र किशारी बिच अनैतिक सम्बध रहेको हल्ला चलेपछी किशोरीको परिवारले दिइए जाहेरीको आधारमा वडा अध्यक्ष शाहीलाई पक्राउ गरी अनुसन्धान गरीएको थियो । जाहेरीपछि प्रहरीले वडा अध्यक्ष शाहीलाई असार ३१ गते पक्राउ गरी जबरजस्ती करणी तथा हाड नाता करणीमा मुद्दा दर्ता ग¥यो ।

मुलुकी अपराध संहिता २०७४ बमोजिम वडा अध्यक्ष शाहीलाई जबरजस्ती करणी कसुरमा १२ देखि १४ वर्ष कैद र हाड नाता करणी १ देखि ३ वर्षसम्म कैदसहित उचित क्षतिपूर्ति माग दाबी प्रहरीले अदालतमा मुद्दा पेश गरेको छ ।

अदालतका श्रेस्तेदार दामोदर घिमिरेका अनुसार जबरजस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालयले २४ दिन हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान गरी सरकारी वकिलमार्फत आफ्नो मागदाबी सहित मुद्दा अदालतमा पेश गरेको थियो । शुक्रबार अदालतले वडा अध्यक्ष शाहीलाई कारागार चलानको आदेश दिएको हो ।

वडा अध्यक्ष शाहीले खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी १६ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गरेको निष्कर्ष प्रहरीले निकालेको छ । वडा अध्यक्ष जगधीश शाहीकी बहिनी नाता पर्ने किशोरीलाई पहिलो पटक २०७४ सालमा विद्यालयबाट घर जाँदै गर्दा बीच बाटोमा वडा अध्यक्षले आफ्नै घरमा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ । जतिबेला किशोरी १३ वर्षकी थिइन्।

दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी बलात्कार भएको प्रहरीले दाबी छ। पीडित किशोरीलाई दुई पटक बलात्कार नै भयो । कैयौँ पटक बलात्कार प्रयास भएको छ ।’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्–‘किशोरी पढ्ने विद्यालयको क्यान्टिनमा खाजा खुवाउने, पैसाको लोभ देखाउने, माया देखाउनेजस्ता व्यवहारले किशोरी वडा अध्यक्षसँग नजिकिएको र त्यसैकै फाइदा उठाएर किशोरीमाथि पटक–पटक बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।’