विराटनगर । विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार बिहान ५ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए
कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका-२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको उनले बताएका छन् ।
बिहीबार नयाँ १३ जना नयां संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।