चार सहसचिवको सरुवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चार सहसचिवको सरुवा


१८ श्रावण २०७७, आइतबार


समायोजन

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत चार जना सहसचिवहरूको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार ती सहसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई प्रदेश नं. ५ को अर्थ मन्त्रालयमा सरुवा गरेको छ भने अधिकारीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव बिनोद कुमार सिँहलाई पठाइएको छ । त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीलाई युवा तथा खेलकुद मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस