थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो


१७ श्रावण २०७७, शनिबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्

मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १४ हजार ४ सय ९२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर हालसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस