काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्यमा निरन्तर वृद्धि भइरहेको छ । सोमबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएकोमा आज ७ सयले बढेर नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार २ सय रहेको छ भने तेजावी सुन ९७ हजार ७६० पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी एकै दिन ३५ रुपैयाँले बढेर तोलामा १२ सय ४५ कायम भएको महासंघले जनाएको छ ।