काठमाडौँ । नेपाली सेनाका दुई उच्च अधिकृतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
शुक्रबार जंगी अड्डामा आयोजित एक समारोहमा उपरथी दर्जामा पदोन्नती भएका प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नती भएका प्रेम बहादुर पुनलाई प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नती भएका उपरथी प्रेम शाहीलाई श्री युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेम बहादुर पुनलाई श्री प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिती रहेको थियो ।
उनीहरुको नेपाल सरकार, मन्त्रिपरिषद्को यही १५ असारको निर्णयबमोजिम बढुवा गरिएको सेनाले जनाएको छ ।