२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दाबन्दीका मारमा गर्भवती

अ+ अ-

काठमाडौँ । कोभिड-१९ को कारणले गर्दा गर्भवती महिलाहरूलाई समस्या भएमा र आपत्कालीन अवस्थामा बाहेक घरमा नै सुरक्षित बस्नुहोला, केही परेमा मलाई फोन गर्नुहोला”, यो हेटौँडा अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक राघवेन्द्र ठाकुरले आफ्ना बिरामीका लागि सामाजिक सञ्जालमार्फत दिएको सूचना हो । उनले आफ्ना बिरामीलाई सुरक्षित भएर बस्न भनेका छन् । नियमित जाँचमा आउने बिरामीलाई पनि उनले समस्या परे मात्र सुरक्षित भएर आउन सुझाइएको बताए ।

पछिल्लो समय हेटौँडा अस्पताल सुधार भइसकेपछि नजिकको तराईका जिल्ला(बारा, सर्लाही, रौतहट) लगायतबाट पनि नियमित जाँच तथा सुत्केरी गराउनका लागि हेटौँडा अस्पताल आउनेको सङ्ख्यामा वृद्धि भएको तर बन्दाबन्दीमा समस्या परेका र समय पुगेका गर्भवतीलाई मात्र आउन सुझाइएको चिकित्सक ठाकुरको भनाइ छ । उनले हाल पाँच दिनदेखि भने अस्पतालको बहिरङ्ग सेवा नै बन्द भएका अवस्थामा आपत्कालीन बिरामी मात्र लिइएको जानकारी दिए ।

बन्दाबन्दीका कारण अरू शल्यक्रिया रोक्न मिल्ने भए पनि गर्भवतीको रोक्न नमिल्ने कारण बन्दाबन्दीका अवधिमा मात्र १२० भन्दा माथि शल्यक्रिया गरिएको जानकारी दिए। नियमितरुपमा जाँच गराउँदै आइरहेका गर्भवतीलाई भने घरमा नै बस्न भनिएको उनको भनाइ छ । कोरोना सङ्क्रमण जोखिम कम गर्न अस्पतालले यस्तो उपाय अपनाएको चिकित्सक ठाकुरको भनाइ छ । महिलाहरू कोरोना संक्रमणसँंग डराएका कारण पनि व्यथा लागेको र शिशु नचलेका अवस्थामा मात्र अस्पताल आउने गरेको उनले जनाए ।

अस्पताल तथा चिकित्सकभन्दा पनि अहिले सुत्केरी हुने समय आइपुगेकामा गर्भवती चिन्तित देखिएका छन् । हेटौँडा उपमहानगरपालिका-४ की कौशिला बर्तौलाको सुत्केरी हुने समय आउन अब १० दिन मात्र बाँकी छ । पहिला पनि पाठेघरको शल्यक्रिया गराई सकेकी उनलाई सुत्केरी हुन जाँदा कोरोना सङ्क्रमण होला भन्ने चिन्ता छ ।

उनी भन्छन्, “ अस्पतालदेखि घरसम्म बच्चा लिएर कसरी सुरक्षित आइपुग्ने चिन्ताले निद्रा लाग्न छाड्यो ।” एकल परिवार र श्रीमानको व्यस्तताले गर्दा साथीभाइ र छिमेकीसँग सहायता लिनुपर्ने भएको तर जटिलावस्थाका कारण सहयोग पाइँदैन कि भन्ने अर्को चिन्ता रहेको उनको भनाइ छ । उनी भन्छन्, “ के गर्नू, अस्पतालमा कुर्ने नि कार्ही हुँदैन जस्तो छ, सबै डराउँछन् अस्पताल जान ।” उनी अहिले सकेसम्म प्राकृतिक जन्म दिने सोचमा छिन् तर पहिलाको शल्यक्रिया भएका कारण सकिँदैन कि भन्नेसमेत चिन्ता रहेको बताउँछिन् ।