२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय सेनाको जागिर छाडेर व्यावसायिक कृषिमा

अ+ अ-

प्यूठान । छँदाखाँदाको भारतीय सेनाको जागिर छाडेर गाउँ फर्किँदा झिमरुक गाउँपालिका–६ चिसावाङका ईश्वरीप्रसाद पोख्रेललाई ‘मति बिग्रियो’ भन्ने धेरै थिए । भारत सरकारको जागिर छाडेर खेती किसानीको काम गर्ने भन्दै पोख्रेल घर आउँदा परिवारलाई पनि स्वीकार्य थिएन । तर, खाइरहेको जागिर चटक्क छाडेर घर फर्किएका पोख्रेल अहिले गाउँमा अगुवा कृषकका रुपमा परिचित छन् । व्यावसायिक कृषिबाटै उनले घरैमा बसीबसी आकर्षक आम्दानीसमेत गरिरहेको बताए ।

‘अहिले खेतीपातीको काममा व्यस्त छु, आठ वर्षसम्म भारतीय सैनिकमा परेड खेलेको सम्झना ताजै छ’, पोख्रेलले भने, ‘गाउँमै केही गर्न सकिन्छ भन्ने सोचमा जागिर छाडेर घर फर्किएको हुँ ।’ विसं. २०७५ देखि व्यावसायिक रुपमा खेती शुरु गरेका पोख्रेल अहिले जिल्लाकै ठूलो लगानीमा कृषि उत्पादन गर्ने कृषक हुन् ।

उनले चिसावाङ गाउँमा सञ्चालन गरेको प्रिसा पशुपक्षी तथा कृषि फार्म प्रालिमा अहिले १९ जना स्थानीय युवा कार्यरत छन् । काम गर्ने दक्षताका आधारमा उनीहरुको मासिक तलव रु १४ हजारदेखि ३५ हजारसम्म रहेको छ । पोख्रेलका अनुसार फार्ममा काम गर्ने युवालाई खान, बस्न र नेटवर्कबाट नयाँ नयाँ कुरा सिक्ने व्यवस्था मिलाइएको छ । फार्ममा लोम्यान ब्राउन लेयर्स कुखुरापालन र टनेलमा तरकारीखेती गरिएको छ ।

पोल्ट्री फार्ममा १५ हजार लेयर्स कुखुराबाट दैनिक ४६ पेटी अण्डा उत्पादन हुन्छ । एक पेटीमा २१० अण्डा हुन्छन् । एक पेटी अण्डा रु दुई हजारदेखि दुई हजार ३०० सम्ममा बिक्री हुने गरेको पोख्रेलले बताउनुभयो । उत्पादित अण्डा उनले पिकअप भ्यानमार्फत जिल्लाको प्रमुख बजार बाग्दुला, बिजुवार, भिङ्ग्री, मच्ची, ठूलाबेँसी, बहाने पुर्‍याउनुहुन्छ । जिल्लाभित्र मात्र होइन, उनले उत्पादन गरेका अण्डा गुल्मी, अर्घाखाँची र बागलुङका गाउँमा समेत पुगेको छ ।

अण्डासहित गोलभेँडा, सिमी, बोडी, हरियो साग, काँक्रा, काउली, करेला, धनियाँलगायतका मौसमी तथा बेमौसमी तरकारीसमेत पोख्रेलको फार्ममा उत्पादन हुन्छ । तरकारी र अण्डा आफ्नै गाडीमा लिएर उहाँ गाउँ गाउँमा उपभोक्ताको घरसम्म पुग्ने गर्छन् । पोख्रेललाई बिचौलियाको डर छैन । आफ्नै गाडीमा प्रत्येक दिन फरक फरक ठाउँमा पुग्ने हुँदा पहिल्यै सम्पर्क गरेर गाउँलेले माग गर्ने गर्छन् ।

मागका आधारमा लैजाने हुँदा सिधै उपभोक्तासम्म पुग्दा बिचौलियाले फाइदा उठाउन पाएका छैनन् । गाउँको एउटा स्थानमा राखिदिने र पैसा जम्मा गरेर फर्कंदा उपभोक्तालाई सहज भएको छ । उपभोक्ताको भान्सा सस्तो र सहज रुपमा तरकारी तथा अण्डा पुग्ने गरेको दाबी पोख्रेलको छ । उनको व्यक्तिगत दुई र साझेदारीमा दुई गरी चारवटा व्यावसायिक फार्म छन् । शुरुमा मकवानपुर जिल्ला थाहा नगरपालिका–४ चित्लाङमा सञ्चालन गरिएको भेडीगोठ बाख्रा फार्म प्रालिमा एक हजार १०० बाख्रा रहेका छन् । चितवनको खैरनीपुर गाउँपालिका–२ कुम्रोजमा कामधेनु गाई फार्म छ । कपिलवस्तुको विजयनगर गाउँपालिका ३ र ४ स्थित प्रिसा फार्मको शाखाबाट करिब ३० हजार लेयर्स कुखुरा पालन गरिएको उनको भनाइ छ ।

प्यूठान–गुल्मी सडक खण्डको चिसावाङस्थित प्रिसा फार्ममा रु एक करोडको चुक्ता पूँजी रहेको छ भने अहिलेसम्म रु तीन करोड ७७ लाख लगानी भइसकेको छ । कुखुराको खोर, लिफ्ट सिँचाइ, पिकअप, ट्र्याक्टर, प्लाष्टिक घरजस्ता पूर्वाधार निर्माण गरिएको छ । फार्ममै दाना उद्योग सञ्चालनका लागि निर्माण कार्य शुरु गरिएको उनले बताए । १६ रोपनी आफ्नै र भाडामा पाँच रोपनी गरी कूल २१ रोपनी जग्गामा व्यावसायिक खेती गरेका पोख्रेलले सबै खर्च कटाएर मासिक रु ६ देखि सात लाखसम्म नाफा गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस