बालुवाटार एक्सन रुमबाट प्रधानमन्त्री ओलीले गरे खुरुङ्गा जलविद्युत आयोजना उद्घाटन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालुवाटार एक्सन रुमबाट प्रधानमन्त्री ओलीले गरे खुरुङ्गा जलविद्युत आयोजना उद्घाटन


१० फाल्गुन २०७६, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको माथिल्लो खुरुङ्गा खोला साना जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले आयोजना उद्घाटन गरेका हुन्।

तीन वर्षअघि उत्पादन अनुमतिपत्र लिएको तेह्रथुम पावर कम्पनी लिमिटेडले निर्माण सम्पन्न गरेसँगै सात दशमलव ५ मेगावाटको यो आयोजनाको विद्युत शनिबारबाट राष्ट्रिय प्रशारणमा जडान भएको छ।

यो आयोजना एक अर्ब ३२ करोड ५० लाख लागतमा बनेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस