काठमाडौँ । टेक्निकल समस्याका कारण काठमाडौँबाट नेपालगञ्ज उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको जहाज रोकिएको छ ।
शनिबार बिहान साढे आठ बजे नेपालगञ्ज उड्ने तयारीमा रहेको जहाजमा ‘टेक्निकल प्रोब्लम’ आएकाले उडान रोकिएको जनाइएको छ।
उडानका लागि यात्रुहरु बोर्डिङ पास लिएर हवाई जहाज चढ्ने ठाउँसम्म तयार भइसकेका थिए। एयरलाइन्सका कर्मचारीले के समस्या भएको हो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
यात्रुहरुलाई अर्को विमानमा पठाउने तयारी भएको एयरलाइन्सको त्रिभुवन विमानस्थलमा रहेको कर्मचारीले जानकारी दिएका छन् । स्रोतका अनुसार यात्रुहरुलाई करिब ४५ मिनेटपछि अर्को विमानमा पठाइने बताइएको छ ।







