राष्ट्रिय प्रजातन्त्र दिवश भव्य रुपमा मनाउने सरकारको तयारी, यस्तो छ जिल्ला तथा स्थानीयलाई उर्दी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय प्रजातन्त्र दिवश भव्य रुपमा मनाउने सरकारको तयारी, यस्तो छ जिल्ला तथा स्थानीयलाई उर्दी


२ फाल्गुन २०७६, शुक्रबार


काठमाडौँ । सरकारले आउँदो फागुन ७ गते बुधबार ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवश भव्य रुपमा मनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित मूल समारोह समितिको बैठकले जिल्ला सदरमुकाममा जिल्ला समारोह समिति गठन गरी सरसफाई, प्रभातफेरी, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शनसहित फागुन ६, ७ र ८ गते तीन दिन साँझ दिपावली गर्ने कार्यक्रम पारित गरेको छ ।

गत माघ २८ गते बसेको मूल समारोह समितिको बैठकले जिल्ला सदरमुकाम वाहेकका स्थानीय तहहरुमा सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षको अध्यक्षतामा स्थानीय तह स्तरीय समारोह समिति गठन गरी तीनै दिन जिल्ला सदरमुकाममा जस्तै कार्यक्रम आयोजना गर्ने उल्लेख छ ।

हेर्नुहोस् कार्यक्रम

Tags :
प्रतिक्रिया दिनुहोस