२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नं २ मा प्रादेशिक परिवहन सेवा सञ्चालन हुने

अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ को सरकारले चालु आर्थिक वर्षमै प्रादेशिक परिवहन सेवा सञ्चालन गर्ने भएको छ । जनकपुरदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुर, राजविराजसम्म परिवहन सेवा सञ्चालन गर्ने योजना रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्रकुमार सोनारले प्रादेशिक परिवहन सेवा सञ्चालनका लागि पाँचवटा बसको बोलपत्र भइसकेको बताए । ‘प्रदेशको सबै कुनालाई प्रदेश एवं देश विकासको मूलधारमा ल्याउने उद्देश्यले आव २०७७ देखि २०९१ सम्मका लागि प्रादेशिक सडक सञ्जाल गुरुयोजना तथा प्राथमिकतामा आधारित लगानी योजनाको अवधारणा एवम् मस्यौदा पनि तयार गरिएको छ’, उनले भने।

उनका अनुसार प्रदेशका लागि प्रदेश लोकमार्गको वैज्ञानिक व्यवस्थापनका तयार गरिएको प्रादेशिक सडक सञ्जाल गुरुयोजना तथा प्राथमिकतामा आधारित लगानी योजनाअन्तर्गत सो अवधिमा प्रदेशभित्र ३ हजार ३९२ किलोमिटर सडक निर्माण हुने अवधारणा एवं मस्यौदा तयार गरिएको छ ।

प्रदेश लोकमार्गअन्तर्गत सङ्घीय सरकारको रणनीतिक सडक सञ्जालमा नपरेका सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोडने सडक, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक र दुई राष्ट्रिय लोकमार्ग जोडने सडक रहेको छ । गुरुयोजनाअन्तर्गत प्रदेश सहायक मार्गमा राष्ट्रिय वा प्रादेशिक लोकमार्गबाट स्थानीय तहको केन्द्र जोड्ने सडक, जिल्ला सदरमुकामबाट स्थानीय तह केन्द्रको जोड्ने सडक, दुई वा दुईभन्दा बढी स्थानीय तहको केन्द्र जोड्ने सडक र राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गबाट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका स्थलहरू जोड्ने सडकलाई राखिएको छ ।

अवधारणामा दुई वा दुईभन्दा बढी पालिका जोड्ने सडकलाई प्रदेशको अन्य सडक भनी वर्गीकरण गरिएको छ । प्रदेशका सबै जनताको पहुँचमा सुधार गर्नु नै सडक यातायातको प्रमुख उद्देश्य हुने भएकाले सडक प्राथमिकीकरण सो सडकको प्रभाव क्षेत्रमा रहेको जनसङ्ख्याको वितरणलाई नै आधार बनाई गरिएको छ ।

मन्त्री सोनारले अवधारणाअनुरूप सो गुरुयोजनाका लागि कूल अनुमानित ९७ अर्ब ४१ करोड लगानीको आवश्यकता पर्ने बताए। गुरुयोजनाअन्तर्गत योजना अवधिमा तीन हजार ३९२ किलोमिटर सडकमा २१६ वटा पुलको आवश्यकता पर्ने र सो कार्यमा रु १० अरब ५३ करोड लागतको अनुमान गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस