नेशनल मेडिकलका कलेजका निर्देशक अन्सारीको घर अघि राखिएको बम निष्क्रिय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेशनल मेडिकलका कलेजका निर्देशक अन्सारीको घर अघि राखिएको बम निष्क्रिय


१३ माघ २०७६, सोमबार


पर्सा । वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका सुरक्षागार्डले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको चण्डी प्रसाद गणबाट गएको टोलीले सो बमलाई निष्क्रिय पारेको हो।

कुकरमा डेटोनेटरसहित बम जडान गरी राखिएको पाइएको सेनाको बम डिस्पोजल टोलीले जनाएको छ । बम राखिएको घटनाबारे थप अनुसन्धान थालिएको पर्साका प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस