२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २३० मतदाता

अ+ अ-

कास्की । यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १७० गरी २३० मतदाता रहेको निर्वाचनमण्डल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । गण्डकी प्रदेशमा प्रदेशसभाको दुई हजार ८८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५९४० मतभार रहेको छ ।

‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँगे्रस र राष्ट्रिय जनमोर्चाबाट गरी पाँच उम्मेदवार बनेका छन् । नेकपाबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार छन् ।

काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ । जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार छन् । निर्वाचनका लागि गण्डकी प्रदेशमा जिल्ला निर्वाचन कार्यालय कास्कीलाई मतदान केन्द्र तोकिएको छ । मतदानको दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान गर्ने समय तोकिएको कार्यालय प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । गण्डकीमा प्रदेशसभा र स्थानीय तहको छुट्टाछुट्टै दुई केन्द्र तोकिएको छ ।

निर्वाचन गरिने प्रत्येक समूहका लागि अलगअलग मतपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्यहरुले मतदान गर्ने मतपत्र सेतो रङको कागजमा हरियो रङको मसीले विवरण तथा निर्वाचन चिह्न र स्थानीय तहकाले मतदान गर्ने मतपत्र सेतो रङको कागजमा रातो मसीले विवरण तथा निर्वाचन चिह्न उल्लेख गरिने बताइन्छ । सत्तारूढ नेकपाका प्रदेशसभामा ४० र स्थानीय तहमा ८३ गरी १२३ मतदाता छन् । नेकपाको कूल मतभार तीन हजार ४१४ छ ।

काँग्रेसको प्रदेशसभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ मतदाता छन् । काँग्रेसको कूल मतभार दुई हजार १७८ छ । राष्ट्रिय जनमोर्चाको प्रदेशसभामा तीन तथा अध्यक्ष स्थानीय तहमा तीन गरी छ मतदाता रहेकामा १९८ मतभार छ । समाजवादी पार्टीको प्रदेशसभामा दुई मतदाता बराबर ९६ मतभार छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा रहेको दुई मत बराबर ३६ मतभार छ । स्थानीय तहका एक स्वतन्त्र मतदाताको १८ मतभार छ ।

प्रतिक्रिया दिनुहोस