२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा कानुन सम्मत विवाह चुनौती पूर्ण बन्दै

अ+ अ-

डोटी । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७३ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था छ । २० वर्ष नपुगी कसैको बिहे भए स्वतः बदर हुने व्यवस्था रहेको छ । तर डोटीमा स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने महिलाहरूको तथ्याङ्क हेर्दा कानुन सम्मत विवाह चुनौतीपूर्ण बन्दै गइरहेको छ ।

स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७५/७६ मा डोटी जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा गर्भ जाँच गराउने महिलाहरूको सङ्ख्या ५ हजार ५ सय सैँतिस रहेको थियो । उक्त सङ्ख्यामा ९ सय ३७ जना अर्थात् करिब १७ प्रतिशत महिलाहरू २० वर्षमुनिका रहेका छन् । यस्तै आर्थिक वर्ष ०७४/७५ मा गर्भ जाँच गराउनेहरूमा कुल ५ हजार ४ सय ८५ महिलामध्ये एक हजार ८२ अर्थात् १९ प्रतिशत २० वर्षमुनिका रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । प्रमुख मलासीका अनुसार सुरक्षित गर्भपतन सेवा लिनेहरूमा पनि ६ प्रतिशत २० वर्षमुनिका महिलाहरू रहेका छन् । यस्तै परिवार नियोजनका अस्थायी साधनहरूको प्रयोग गर्नेहरूमा पाँच प्रतिशत २० वर्षमुनिका रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

डोटी जिल्लामा कुल ७१ प्रतिशत संस्थागत सुत्केरी हुने गरेको भए पनि २० वर्ष नपुग्दै आमा बनेका महिलाहरूको तथ्याङ्क भने स्वास्थ्य कार्यालय सँग छैन । प्रतिवेदन फर्मेटमा सो सूचना नआउने भएका कारण तथ्याङ्क सङ्कलन गर्न नसकिएको स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहरा बताउँछन् । बोहराले उक्त तथ्याङ्कका लागि प्रसूति सेवा सञ्चालन भएका स्वास्थ्य संस्थाहरूको रजिष्टर पल्टाउनु पर्ने बताए ।

स्वास्थ्य कार्यालयको उक्त तथ्याङ्कले डोटी जिल्लामा अहिले पनि बालविवाह व्याप्त रूपमा रहेको छ भन्ने कुरा देखाएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने ‘बालविवाह हुनुको मुख्य कारण परम्परागत रुढीगत मान्यता नै हो, त्यसका साथसाथै अहिले सञ्चार प्रविधि माध्यमको, सामाजिक सञ्जाल (मोबाइल फोन) गलत प्रयोगले पनि बालविवाह बढ्दै गइरहेको छ ।’ उनले अभिभावकले गराउने बाल विवाहमा कमी आएको भए पनि सञ्चार प्रविधिको माध्यमबाट सम्पर्क गर्दै केटा र केटी आफै भागेर बिहे गर्ने प्रचलन बढेको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पनि बालविवाह कायमै रहेको महसुस गरे ।

सानै उमेरमा गर्भवती भएमा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्ने बताउँछिन् डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योति पाण्डे । उनले भनिन् ‘सानै उमेरमा पाठेघर पूर्ण रूपमा विकास भइसकेको हुँदैन, यसले बच्चा अपाङ्ग जन्मन सक्ने खतरा पनि हुन्छ ।’

उनले पाठेघरमा समस्या देखा पर्ने र पछि क्यान्सर पनि हुन सक्ने, गर्भ तुहिने, समय नपुगी सुत्केरी व्यथा लाग्ने जस्ता स्वास्थ्य समस्याहरू देखिने समेत डा. पाण्डेले बताइन् ।

२० वर्ष नपुगी विवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । तर, डोटीमा गर्भ जाँच गराउन स्वास्थ्य संस्था आउने महिलामध्ये उल्लेख सङ्ख्यामा २० वर्षमुनिका महिलाहरू रहेको पाइएको छ ।