२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह शुरु

अ+ अ-

भरतपुर । चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ ।

विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि यो सप्ताह शुरु भएको हो ।

नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ ।

नेपालमा सन् १९५२ मा मलेरिया रोग नियन्त्रणका लागि भित्र्याइएको विषादी त्यसपछिका वर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो । यसको मात्रा प्रतिवर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुर जनाएको छ । अन्य देशको तुलनामा प्रतिएकाइ जमिनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष मात्र नेपालमा ६३२।४१ टन विषादी आयात भएको छ । जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन, झारनाशक १४२ टन र अन्य पाँच टन रहेको छ । विषादी आयातका लागि करिब रु ८४ करोड गत वर्ष खर्च भएको छ ।

विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ । जसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडा पखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ । विषादीकै कारण विश्वमा वार्षिक करिब ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ ।

सो सप्ताहको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले उद्घाटन गरे । सो अवसरमा मन्त्री लामाले सबै नागरिकलाई निरोगी बनाउन विषादीमुक्त अभियान सञ्चालन गर्नुपर्ने बताए । ‘एक दिन कार्यक्रम गरेर मात्रै यसलाई न्यूनीकरण गर्न सकिँदैन उनले भने, ‘हरेक दिन यस्ता अभियान सञ्चालन गर्नुपर्छ ।’ यसअघि नारायणगढको लायन्सचोकबाट विभिन्न प्ले कार्डसहितको सचेतना र्‍याली निकालिएको थियो । सप्ताह २९ गतेसम्म सञ्चालन हुनेछ ।

सप्ताहअन्तर्गत सडक नाटक, विद्यालयस्तरीय चेतनामूलक कार्यक्रम, विषादी अनुगमन, बाली उपचार शिविर, पोष्टर पम्प्लेट वितरण र रत्ननगर महोत्सवमा अन्तक्र्रिया तथा नाटक प्रस्तुत गरिने प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए ।

अत्यन्त घातक विषादीको प्रयोगमा प्रतिबन्ध गर्दै ऐन नियमावलीको कडाइका साथ लागू गर्न र आइपिएम कार्यक्रमलाई बढवा दिन कार्यालयले निरन्तर अभियान सञ्चालन गरिरहेको उनले बताए । ‘पछिल्लो समय विषादीको प्रयोग भयावह छ’, उनले भने, ‘यसको असरबारे सबैमा चेतना फैलाउन जरुरी छ ।’

निमित्त प्रमुख हुमागाईले रसायनिक विषादीको न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरण अनुकूल जैविक विषादी उत्पादन एवं प्रयोगका लागि नेपालको सात जिल्लामा सामुदायिक आइपिएम स्रोत केन्द्र स्थापना गरिएको बताउँदै काठमाडौँ बाहिर काभ्रेपछि दोस्रो पटक चितवनमा यो कार्यक्रम गरिएको जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रममा किसान र उपभोक्ता दुवैलाई बढीभन्दा बढी सहभागी गराइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । कार्यक्रममार्फत बालीनालीलाई जोगाउन प्राङ्गारिक मल र जडीबुटी प्रयोग गरी स्वास्थ्य र वातावरणप्रतिको जिम्मेवारी बोध गर्न सबैलाई आग्रह गरिने उनले सप्ताह अवधिभर कृषि प्राविधिक खटिने छन् ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुरको आयोजना र बाली संरक्षण प्रयोगशाला प्रदेश नम्बर ३ हेटौँडा तथा कृषि ज्ञान केन्द्र चितवनको सहकार्यमा कार्यक्रम गरिएको हो ।