२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी

अ+ अ-

बुटवल । कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधि सभा सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ ।

सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य श्यामकुमार मिश्राले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, तर हामीलाई प्राप्त सूचना अनुसार उहाँ भारततिर हुनुहुन्छ’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी सुनील मल्लले भने, ‘अब कानुनअनुसार पक्राउ गर्न र म्याद थप गरेर अनुसन्धान गर्न बाटो खुलेको छ ।’

शाह कांग्रेसबाट निर्वाचित सांसद हुन् । त्यसअघि उनी तत्कालीन संघीय समाजवादी फोरमबाट सांसद निर्वाचित भएका थिए । सांसद शाहले गत पुस ५ गते साँझ घरमा गेस्ट रुममा ढोका थुनेर नशालु पदार्थ सुँघाएर अन्धाधुन्ध कुटपिट गरेको मिश्राको आरोप छ ।

बुटवलमा उपचार पश्चात मिश्रा अहिले घरमै छन् । मिश्रा गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार बनेर दोस्रो धेरै मत ल्याएका थिए । कृष्णनगरको मेयरमा सांसद शाहका नातेदारले मेयर जितेका छन् ।