२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले कालापानीलाई सानो मुद्दा मानेको छैन : राजदूत आचार्य

अ+ अ-

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विवादित कालापानी क्षेत्र नेपालकै भएको दाबी गरेका छन् ।

राजदूत आचार्यले यो मुद्धालाई यसै विषयबाट नेपाल–भारतबीचको द्विपक्षिय सम्बन्धमा तिक्तता आउनबाट रोक्नका लागि चाँडैनै सम्बोधन गरिनु पर्ने बताएको छन् ।

भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेपछि कालापानी सीमा विवाद चर्किएको हो । जम्मु र कश्मिरको पहिचान भएपछि यो क्षेत्रलाई चीन–नेपाल– भारतको त्रिपक्षिय विन्दुको रुपमा समावेश गरिएको थियो ।

यो असाधारण सीमा विवादसँग सम्बन्धित विषयको समाधानका लागि नेपाल र भारतबीच विदेश सचिव स्तरिय संयन्त्र बनेको र कालापानी विवाद समाधान गर्न आवश्यक भएको आचार्यले बताए ।

‘सन् १८१५ मा भएको सुगौली सन्धिअनुसार कालापानी नेपालमा पर्छ,’ आचार्यले भने, ‘हामीलाई थाहा छ कि भारत संवादबाट भाग्न खोजिरहेको छैन, तर नेपाल यसलाई चाँडो सल्टाउन चाहन्छ । नेपालले कालापानीलाई सानो मुद्दा मानेको छैन । यो समाधान भएमा दुई देशबीच विश्वासको वातावरण पुनस्र्था्पित हुनेछ । यस्ता विवादहरुलाई लामो समय कचपल्टिन दिनु हुँदैन ।’

सुगौली सन्धी अनुसार पनि कालापानी नेपालकै भू–भाग भएको उनले बताए ।