२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या

अ+ अ-

जाजरकोट । नेपाल टेलिकमको रिपिटर टावर कम हुँदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् ।

नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जिल्लाको मौरे, रसीकोलेकमा रिपिटर टावर रहेको जानकारी दिए । उनले भने ‘कोरियान स्याटेलाइटबाट जोडिएका टावरबाट एकपटकमा १६ व्यक्तिले मात्र फोन गर्न मिल्ने छ ।’

माइक्रोवेभमा नजोडिएका कारण डोल्पाका अधिकांश स्थानीयवासी सञ्चार सेवा सहजरूपमा प्रयोग गर्न पाएका छैनन् । उपल्लो डोल्पाको सहरतारामा कोरियन स्याटेलाइट प्रविधिलाई विस्थापित गरेर माइक्रोवेभबाट चल्ने टावर जोड्ने काम शुरु भएको छ । हिमापात जारी रहेकाले दुई महिनादेखि काम अवरुद्ध भएको टेलिकमले जनाएको छ ।

जिल्लामा दुुई मात्र रिपिटर टावर हुँदा सबै ठाउँमा रहेका टावरमा लिङ्क जोड्न समस्या भएको प्राविधिक भट्टराईले जानकारी दिए । रिपिटर टावर कम भएकै कारण जिल्लामा महिनैपिच्छे टावरमा समस्या आउने गरेको छ । जिल्लाका सबै टावरलाई माइक्रोवेभमा जोडेर सञ्चालन गरे मात्र यहाँको सञ्चार सेवा प्रभावकारी हुने टेलिकमले जनाएको छ । स्याटेलाइटबाट एकपटक १६ जनाले फोन गर्न मिल्ने र इन्टरनेट चलाउँदा धेरै महङ्गो हुने गर्दछ ।

महङ्गो तथा कम गति भएका कारण दैनिक फोन गर्न मोबाइलमै पालो कुर्नुपर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । डोल्पामा नयाँ दुई टावरको निर्माणकार्यसमेत जारी रहेको बताइएको छ । टेलिफोन सेवा प्रभावकारी नहुँदा काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए ।

मुडेकेचुला गाउँपालिकामा नयाँ टावर थपेर काम शुरु भएको छ । अहिले भारी हिमपात हुने भएकाले टावरमा बढी समस्या आएको टेलिकमले जानकारी दिएको छ । सबै ठाउँका टावर माइक्रोवेभमा जोड्नका लागि रिपिटर टावर थप्नुपर्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस