२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हाफ द नाइट इज गन’ लाई पच्चीस लाखको पुरस्कार

अ+ अ-

पोखरा । अमिताभ बागचीको उपन्यास ‘हाफ द नाइट इज गन’ सन् २०१९ को प्राइज फर साउथ एशियन लिटरेचर (डिएससी) पुरस्कार जित्न सफल भएको छ । पोखराको फेवाताल किनारास्थित बाराहीघाटमा सम्पन्न आइएमई नेपाल साहित्य महोत्सव २०७६ का अवसरमा रु २५ लाख राशिको सो पुरस्कार वितरण गरिएको हो ।

पुरस्कारका लागि छनोट सूचीमा परेका लेखक र उपन्यासमा हाफ द नाइट इज गनसँगै जमिलजान कोचाईको ९९ नाइट्स इनलोगार, भारत र भाइकिङ, पेन्गुइन र्‍याण्डमरहाउस, अमेरिका, माधुरी विजयको द फार फिल्ड (ग्रोभ प्रेस, ग्रोभ एटलान्टिक, अमेरिका), मनोरञ्जन व्यापारीको देयर इज गनपाउडर इन द एयर (बङ्गालीबाट अरुनाभा सिन्हाको अनुवाद, एका, अमेजन वेस्टल्याण्ड, भारत), राजकमल झाको द सिटी एण्ड द सी (ह्यामिशह्यामिल्टन, पेन्गुइन र्‍याण्डमहाउस, भारत) र सदिया अब्बासको द एम्प्टी रुम (जुबान पब्लिसर्स, भारत) थिए ।

गत वर्षहरुमा यो पुरस्कार श्रीलङ्का, बङ्गलादेश र भारतमा घोषणा भएको थियो भने यसपटक नेपालमा पहिलोपटक घोषणा गरी वितरण गरिएको हो । डिएससी पुरस्कारले दक्षिण एशियाली जनजीवनका विविधपत्र केलाउने विविधतापूर्ण आवाजहरुलाई प्रोत्साहन गर्दै आएको छ ।

निर्णायकमण्डलका अध्यक्ष हरिश त्रिवेदीले दक्षिण एशियाको उपस्थिति र प्रभाव अहिले निकै बढेको बताउँदै दक्षिण एशियाका नौ राष्ट्र र डायस्पोरालाई समेट्ने एउटै मात्र पुस्कार डिएससी पुरस्कार रहेको बताए । पच्चीस हजार डलर पुरस्कार राशि भएको डिएससी पुरस्कार सुरिना नरुला र मनहदन रुलाले २०१० मा स्थापना गरेका थिए ।

यसअघि पाकिस्तानका एचएम नक्वी, श्रीलङ्काका शेहन करुणातिलका, भारतका जीत थायिल र साइरस मिस्त्री, भारतीय मूलकी अमेरिकी लेखिका झुम्पालाहिरी, भारतकी अनुराधा रोय, श्रीलङ्काका अनुक अरुदप्रगसम र भारतका जयन्त कैकिनी र अनुवादक तेजस्विनी निरन्जनाले सो पुरस्कार प्राप्त गरेका थिए ।