विराटनगर । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको जनाइएको छ ।
उनलाई पक्राउ गरेर बिहानै सुनसरी लगिएको प्रहरीले जनाएको छ ।
सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । तर उनलाई विराट नर्सिङ होममा हृदयघात भएको भन्दै आईसीयूमा राखिएको थियो ।
पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ ।
गत कात्तिक ४ गते बलात्कार गरेको महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।







