४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो ।

सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दीपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावललगायतका समूहले नेविसङ्घ इकाइ सभापति सरोज तिमिल्सिना, निरज शाहलगायत १० जना विद्यार्थीलाई खुकुरी प्रहार गरी घाइते बनाएको काँग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थी नेता सरोज तिमिल्सिना र निरज शाह गम्भीर घाइते भई ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

घटना भएको एक घण्टापछि त्यहाँ खटिएको प्रहरी टोलीले अनेरास्ववियुका विद्यार्थीलाई नै संरक्षण दिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काँग्रेसले आक्रमणकारीलाई कारवाही गर्न माग गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस