काठमाडौँ । निवर्तमान श्रसरकारी गाडी सिँहदरवारमै छोडेर ट्याक्सीमा घर फर्किए निवर्तमान मन्त्री विष्ट गोकर्ण विष्ट मन्त्रीका रुपमा पाएको सरकारी गाडी सिँहदरवारमै छोडेर ट्याक्सीम चढेर घर फर्किएका छन् ।
मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा सहभागी पछि घर फर्किने क्रममा विष्टले सिंहदरवार बाहिर आएर ट्याक्सि खोजेर घर फर्किएका हुन् ।
बिदाई कार्यक्रममा बोल्दै मन्त्री विष्टले जनताको पक्षमा काम गर्नु जोखिमपूर्ण हुन्छ भन्ने अनुमान आफूले पहिल्यै गरेको भएपनि त्यसको अनुभव भने अहिले गरेको बताएका छन् ।
देशभित्र र देशबाहिर श्रम बगाइरहेका युवाहरूको हितमा आफ्नो आवाज गुञ्जिरहने बताउँदै उनले सामाजिक काम मार्फत पार्टिको इमान्दार कार्यकर्ताको भूमिका निर्वाह गर्ने बताए ।