२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर घरमा कोगतेको पानी पुर्‍याउँछौँ : मन्त्री मगर

अ+ अ-

ललितपुर । खानेपानीमन्त्री बीना मगरले ललितपुरको घरघरमा कोगतेखोलाको पानी पुर्‍याउने बताएकी छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कोगतेखोलाको आज अवलोकन गर्दै उनले घरघरमा खानेपानीको सुविधा पुर्‍याउने उल्लेख गरिन् ।

‘सिस्नेरी खोलामा बाँध निर्माण गरी कोगतेखोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा सङ्कलन गरी त्यसलाई पम्प गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सैँबु जलाशयमा पठाएर जिल्ला भरी वितरण गर्ने भएका छौँ’, उनले भनिन्, ‘सन् २०३० सम्म १४ करोड लिटर पानी उपत्यका भित्र्याउने योजना छ ।’ करीब रु २६ अर्बको लगानीमा सो योजना अघि बढाइने छ ।

जिल्लामा उक्त योजनामार्फत निकालिएको पानी वितरण गरेपश्चात् त्यहाँ इनार, कुवा, बोरिङजस्ता कामलाई पूरै बन्द गरिने मन्त्री मगरले जानकारी दिइन् । समयक्रमसँगै खोक्रिँदै गएकोे काठमाडौँलाई बचाउन आवश्यक रहेको उनको भनाइ थियो । सो योजनाअन्तर्गत निर्माण हुने बाँध कुलेखानी खोला र वाग्मती नदीको दोभानभन्दा १०० मिटरमाथि बनाउने प्रस्ताव गरिएको काठमाडौँ उपत्यका खानेपानी बोडका निर्देशक सञ्जीवविक्रम राणाले बताए ।

‘सिस्नेरी बाँधको लम्बाइ १९० मिटर, उचाइ ७५ मिटर रहने छ’, उनले भने, ‘सिस्नेरी बाँध स्थलदेखि सैँबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किमि छ । सिस्नेरीदेखि सैँबुसम्म पाइपलाइन निर्माण गर्न मिल्ने देखिन्छ ।’ सो खोलाको पानी दक्षिण ललितपुरबाहेकका अन्य जिल्ला र काठमाडौं आसपासका जिल्लामा वितरण गरिने बताइएको छ । यसैगरी मन्त्रालयले सिन्धुपाल्चोकको यान्ग्री लार्केल खोला, भक्तपुरको महादेव खोलालगायत स्थानमा खानेपानीका लागि अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस