काठमाडौँ । जुवा खालबाट शुक्रबार राति पक्राउ परेका नेपाली सेनाका मेजर(सेनानी) राजेन्द्र शाहीलाई शैनिक प्रहरीको नियन्त्रणमा राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षक(एडीसी) समेत रहेका शाही टोखास्थित जुवा खालबाट समातिएका थिए ।
आफू प्रधानमन्त्रीको अंगरक्षक रहेको बयान दिएपछि शाहीलाई प्रहरीले शुक्रबार राति नै सेनाको जिम्मा लगाएको थियो ।
नारायणहिटीस्थित विशेष सुरक्षा निर्देशनालयमा दरबन्दी रहेका शाही शुक्रबार घर बिदामा थिए । शाही सैनिक प्रहरीको नियन्त्रणमा रहेको सैनिक जनसम्पर्क दिर्नेशनालयले जनाएको छ ।
शाहीमाथि लागेको अभियोगमा अनुसन्धान गर्न आइतबार नै ‘कोर्ट अफ इन्क्वायरी’ गठन हुने र अभियोगबारे छानविन सोही आधारमा कारवाही अघि बढ्ने जनाइएको छ ।







