प्रधानमन्त्रीको डायलासिस भयो, रेष्ट गरेर बालुवाटार फर्कनुहुन्छ: अध्यक्ष प्रचण्ड « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीको डायलासिस भयो, रेष्ट गरेर बालुवाटार फर्कनुहुन्छ: अध्यक्ष प्रचण्ड


१४ कार्तिक २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्जार्च हुने बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य अवस्थाबारे बुझेका प्रचण्डले अस्पताल परिसरमा पत्रकारहरूसँग भने, ‘प्रधानमन्त्री अवस्था सामान्य नै छ। भर्खरै डायलसिस भएपछि एकैछिन रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ। आज बालुवाटार जानुहुन्छ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रचण्डले जानकारी दिए। ‘प्रधानमन्त्रीसँग कुरा भयो, अलिकति छिटोछिटो समस्या देखा पर्‍यो तर अहिलेचाहिँ ठीक भयो भन्नुभयो। अब डिस्चार्ज हुने भन्ने छ, अरू त ठीकै छ भन्ने कुरा भयो,’ प्रधानमन्त्रीसँग भएको कुराकानीबारे प्रचण्डले सुनाए।

‘डायलसिस गरिसकेपछि उहाँको स्थिति सामान्यतिर नै गइराखेको छ,’ प्रचण्डले थपे, ‘डिस्चार्ज भएपछि भोलि फेरि हामी भेटेर कुरा गर्ने भनेका छौं। जे होस् अहिले अवस्था सामान्य छ।’

Tags :
प्रतिक्रिया दिनुहोस