२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा एसपिएल क्रिकेट : आयोजक च्याम्पियन

अ+ अ-

काठमाडौँ । बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर(एसपिएल) क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ ।

सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले हराउँदै आयोजकले उपाधि हात पारेको हो । विजेता क्लबले रु ४४ हजार ४४४ पुरस्कार पाएको छ भने उपविजेता शर्मालीले रु २२ हजार २२२ पाएको छ ।

सुल्लेखान खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको शर्मालीले निर्धारित १५ ओभरमा छ विकेटको क्षतिमा १२७ रन बनाएकामा कृषन चन्दले सर्वाधिक ४१ रनको योगदान गरेका थिए । आयोजकका तर्फबाट मीनबहादुर चन्दले चार विकेट हात पारे ।

एक सय २८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको आयोजकले १४ ओभर दुई बलमा मनोज चन्दको २८ रनको मद्दतमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । शर्मालीका तर्फबाट कृषन चन्दले दुई विकेट हात पारे । उनी म्यान अफ द फाइनल पनि चुनिए ।

प्रतियोगितामा दुई अर्धसतकसहित १७९ रन र छ विकेट हात पारेका आयोजकका वीरेन्द्र चन्द प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । उनले लिगको एउटा खेलमा छ बलमा छ छक्कासमेत हिर्काएका थिए ।

वीरेन्द्र म्यान अफ द म्याच हुँदै रु दुई हजार २२२ पुरस्कार हात पारे । यस्तै आयोजककै मीनबहादुर चन्द प्रतियोगिताभर ११ विकेट हात पार्दै उत्कृष्ट बलर चुनिए भने शर्मालीका विनोद चन्द प्रतियोगितामा १२८ रन हिर्काउँदै उत्कृष्ट ब्याट्सम्यान भए । दुवैले समान रु एक हजार १११ पुरस्कार पाए ।

विजेता तथा उपविजेता खेलाडीलाई शिवनाथ गाउँपालिकाका अध्यक्ष किर्णसिंह साउद र उपाध्यक्ष कुुश्मा चन्दले पुरस्कार प्रदान गर्नुभएको आयोजक क्लबका अध्यक्ष मनोजसिंह ठकुराठीले जानकारी दिए । उक्त प्रतियोगितामा नौ टोली सहभागी थिए ।