२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा भेडा पालेर वार्षिक ५ लाख बढी आम्दानी

अ+ अ-

गलेश्वर । बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाका बुद्धिबहादुर विक र बुद्धराम मगरको पुख्र्यौली पेशा भेडापालन हो । बाजेको पालादेखि शुरु गरेको भेडापालनले नातिको पुस्तासम्म आइपुग्दा व्यावसायिक रुप लिइसकेको छ । बागलुङको धम्जामा भेडिगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जङ्गलमा भेडा चराउनु विक र मगरको दैनिकी बनेको छ ।

चवालीस वर्षीय बुद्धिबहादुर विकले आफू जान्ने भएदेखि नै म्याग्दीको बेलढुङ्गा र स्वर्गाश्रम क्षेत्रको जङ्गलमा भेडा चराउँदै आएको बताए । विकले आफ्ना ५२ वटा भेडालाई बिहानको खाना खाएपछि दैनिकरुपमा यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ठ्याक्कै ३२ वर्ष भयो ।

बाह्र वर्षको उमेरदेखि भेडा चराउने पेशा अपनाएका विक आफ्नो जागिर र व्यवसाय दुवै भेडापालन नै भएको बताउछन् । त्यस्तै विकसँगै भेडा चराउन म्याग्दीको जङ्गलमा आएका वाग्लुङका बुद्धराम मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासँगै जङ्गलमा नै बिताएका छन्। ‘बालापन र वैंश दुवै यसैमा बित्यो हजुर, अब त यसैमा आनन्द छ, आफ्ना ४२ वटा भेडालाई खेद्दै ओरालो झर्दै गरेका मगरले भने ‘जापान पनि यही हजुर कोरिया नि यही ।‘

ठट्यौलो स्वभावका विक र मगरका भेडाहरु पनि हेर्दै लोभलाग्दा छन् । अधिकांश सेता र केही काला भेडाहरुको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालक कृषकहरुको आम्दानी पनि सामान्यरुपमा अनुमान गरिनेभन्दा फरक छ । विक भन्छन् ‘एउटा भेडाको मूल्य रु ५ हजारदेखि रु ५० हजारसम्म पर्छ । वर्षमा ५/७ लाख रुपैयाँ कमाइ हुन्छ ।‘

मगरले पनि भेडा बिक्री गरेर वर्षमा रु ५ लाखभन्दा बढी कमाउने गरेको बताए । मासिक सरदर रु ५० हजार कमाइ भएपछि विक र मगरलाई गाउँको भेडिगोठ र जङ्गलको चरनमा नै रस बसेको छ । मगर भन्छन्’ ‘अमेरिका अष्ट्रेलिया जाउँला भन्ने कहिल्यै लाएन, जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्तै यतै व्यस्तै ।

सुन्ने मान्छेलाई पनि कुरैले चोत्क्याउने खुबी भएका यी दुई भेडापालक कृषकको समस्या भनेको भेडालाई चरनको अभाव नै हो । आफनो नजिकको जङ्गल सामुदायिक वन बनेपछि भेडापालन गर्न समस्या भएको उनीहरुको भनाइ छ । ‘नजिकमा चराउने ठाउँ छैन, त्यसैले यति टाढा चराउन ल्याएका हौँ, मगरले भने ‘सरकारले गाउँगाउँमा केजाती हो (रोजगारी) दिन्छु भन्थ्यो, हामीलाई त वन खुला गर्दिए हुन्थ्यो ।’

विक र मगरजस्तै धम्जामा नौ जना कृषकले व्यावसायिक भेडापालन गरेका छन् । उनीहरु सबैको एउटै समस्या छ, त्यो हो चरनको अभाव ।