बैतडी । केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ ।
उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। सडक पुरै भासिएकाले सडक सञ्चालन गर्न केही समय लाग्ने प्रहरी नायब उपरीक्षक पाण्डेयको भनाइ छ ।
सडक अवरुद्ध हुँदा दशैँका लागि घर फर्किरहेका बैतडीको तल्लोस्वराडका यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । यसका साथै शनिबार बेलुकादेखि सवारीसाधन पनि बीचबाटोमै रोकिएका छन् ।







