धनुषा । धनुषाको सिमावर्ती क्षेत्रबाट सात किलो चाँदीसहित दुईजना पक्राउ परेका छन् । नगराइन नगरपालिकाको जटही नाका भएर भारत प्रवेश गर्न लागेको बेला आज बिहान प्रहरीले पक्रो गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुवनी जिल्लाका धिरज ठाकुर र जनकपुरधाम ७ स्थित ठाकुर ज्वेलर्सका संचालक सुरेश छन् । बा ११ च १२५० नम्बरको टाटा सुमो गाडी भारततर्फ जाने क्रममा चेकजाँच गर्दा सात किलो चाँदी बरामद भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
ख्शै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्लाप्रहरी कार्यालय धनुषा ल्याइएको छ ।







