२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने : मन्त्री यादव

अ+ अ-

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन् । वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन मन्त्री यादवले व्यवसायीलाई आग्रह गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले व्यवसायीसँग छलफल भइरहेकाले शनिबारसम्म मासुको मूल्य पुरानै कायम हुने विश्वास व्यक्त गरेका छन् ।

दशैँको पूर्वसन्ध्यामा खसीको मासुको मूल्य एक सयदेखि दुई सय रुपियाँ वृद्धि भएर प्रतिकेजी एक हजार चार सय रुपियाँसम्म पुगेको छ ।

मासुको अभाव हुन नदिन तीन हजार खसी र च्याङ्ग्रा भित्र्याइएको भन्दै मन्त्री यादवले मूल्य स्थिर नरहे अन्य उपभोग्य वस्तुजस्तै मन्त्रालयले मासु पनि आफैँ बिक्रीवितरण गर्ने बताए ।

उनले विगतकोभन्दा यस वर्ष बजार अनुगमन तीव्र बनाइएको बताएका छन् । उनले भने, “अनुगमनको परम्परागत शैली परिवर्तन भएको छ, संयन्त्र सक्रिय छ । ”

मन्त्रालयले पत्रकार सम्मेलनमा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको अनुगमनको विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार असोजमा मात्रै ९१ वटा अनुगमन गरिएकोमा ३० वटा व्यापारिक
फार्मसित स्पष्टीकरण माग गरिएको छ । २५ वटा व्यापारिक प्रतिष्ठानलाई ६ लाख ३० हजार रुपियाँ जरिवाना तिराइएको छ ।

तीन महिनामा कुल ४०१ अनुगमन गरिएकोमा १७४ लाई जरिवाना गरी २४ लाख ४७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ । दोषी ठहर भएका ४५ वटा व्यापारिक प्रतिष्ठानको सिलबन्दी र रोक्का गरिएको बताइएको छ ।