२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट’

खरिदारदेखि सहसचिवसम्म एकद्वार प्रणालीबाट क्षमता विकाससम्बन्धी तालीम दिईने

अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताएका छन्। आज ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औँ वार्षिकोत्सव समारोहमा उनले एकद्वार प्रणालीबाट क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा एकरुपता हुने बताएका हुन् ।

“एकद्वारा प्रणालीबाट तालीम दिँदा तालीममा दोहोरोपना हुँदैन”, उनले भने, “त्यसैले अब खरिदारदेखि सहसचिवसम्म एकद्वार प्रणालीबाट क्षमता विकाससम्बन्धी तालीम दिने तयारीमा रहेका छौँ ।” उनले लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष नहुने भन्दै तालीमप्रदायक संस्थाले तालीम दिएमात्र कर्मचारी राष्ट्र र जनताप्रति पूर्ण समर्पित हुने बताए ।

उनले स्थानीय तहको कामप्रति सङ्घले हस्तक्षेप नगर्ने उल्लेख गर्दै जनतालाई सरकारको अनुभूति स्थानीय तहले उपलब्ध गराउनुपर्ने धारणा राखे । मन्त्री पण्डितले प्रतिष्ठानले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै मुलुकको बद्लिँदो परिस्थितिअनुसार प्रतिष्ठान उत्कृष्ट व्यावसायिक र प्रतिस्पर्धी संस्था बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले प्रतिष्ठानसँग सहकार्य गरेर कर्मचारीको क्षमताको विकास गर्न आयोग सधैँ तत्पर रहेको बताए । प्रशासक काशीराज दाहालले कर्मचारीले तालीममा सिकेका कुरा जनताको सेवामा काम गर्दा व्यवहारमा उतारेमात्र वास्तविक सिकाइको उपलब्धि हासिल गरेको भन्न सकिने बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले तालीमलाई समय परिस्थितिअनुसार परिमार्जन गरिने उल्लेख गए । उनले आगामी दिनमा कर्मचारीलाई तालीम मात्र नभई राष्ट्रिय महत्वका बारेमा जानकारी गराई राष्ट्र र जनताप्रति प्रतिबद्ध बनाइने बताए ।

प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत दीपक थापाले आर्थिक वर्ष २०७५÷०७६ सम्म २१६ तालीममा करीब सात हजार ९४४ कर्मचारीलाई प्रशिक्षण दिइसकेको जानकारी गराए । उनका अनुसार यसै आवदेखि १४७ विभिन्न तालीमको प्रस्ताव गरिएको छ ।