२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिजन्य वस्तुको निर्यात घट्दो

अ+ अ-

इलाम । नेपालबाट निर्यात हुने कृषिजन्य वस्तु घटेको देखिएको छ । नेपालबाट भारतसहित तेस्रो मुलुक निर्यात हुने मुख्य गरी अलैँची, अदुवा र चियाको परिमाण घटेको एक तथ्याङ्कले देखाएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन बोर्डका अनुसार नेपालबाट सबैभन्दा बढी विदेश निर्यात हुने अदुवाको परिमाण ह्वात्तै घटेको देखिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा दुई करोड ३१ लाख २२ हजार ५९३ किलो अदुवा निर्यात भएकामा गएको आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ४९ लाख १९ हजार एक सय ९५ किलो मात्र निर्यात भएको देखिएको छ ।

तथ्याङ्क हेर्दा अघिल्लो आवभन्दा गत आवमा ३५ दशमलव ४७ प्रतिशतले अदुवा निर्यात घटेको देखिन्छ । यस्तै, अदुवाको परिमाण मात्र नभई अदुवाबाट प्राप्त आम्दानीसमेत गत आवमा घटेको तथ्याङ्कले देखाउँछ । आव २०४/०७५ मा रु ७७ करोड २४ लाख ७५ हजारको अदुवा निर्यात भएकामा गत आवमा रु ५१ करोड २२ लाख ९६ हजार बराबरको मात्र अदुवा निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

यस्तै, नेपालबाट निकासी हुने अर्को कृषिजन्य वस्तु अलैँचीको परिमाण पनि घटेको तथ्याङ्कले देखाउँछ । अघिल्लो आव ९०७४/०७५०मा ५४ लाख दुई हजार ११ किलो निर्यात भएकामा गत आव ९०७५/०७६०मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएको व्यापार तथा निकासी निर्यात प्रवर्द्धन शाखाले जनाएको छ ।

अघिल्लो आव ९०७४/०७५०मा अलैँचीको रु चार अर्ब ८४ करोड ९१ लाख ५५ हजार आम्दानी भएकामा गत आवमा रु चार अर्ब २८ करोड ४१ लख ९९ हजारको मात्र आम्दानी भएको पाइएको छ । यसरी हेर्दा आवमध्ये गत आवमा ११ दशमलव ६५ प्रतिशतले अलैँचीबाट प्राप्त हुने आम्दानी घटेको देखिन्छ । यस्तै, प्रवर्द्धन शाखाको तथ्याङ्कअनुसार गत आवमा चियाको परिमाण र आम्दानीसमेत घटेको देखिन्छ । आव २०७४/७५ कोभन्दा २०७५/७६ मा एक दशमलव पाँच प्रतिशतले घटेको देखिन्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्गअनुसार आव २०७४/७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५/७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।रासस