२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव

अ+ अ-

लमजुङ । पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेकाले पर्यटन प्रवर्द्धनका लागि प्रथम क्यानोनिङ महोत्सव २०७६ गरिने भएको छ । डुम्रे बेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको हो ।

पर्यटन वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेअनुरुप त्यसलाई सार्थकता प्रदान गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गर्न लागिएको आयोजक वातावरण सुधार अभियानका अध्यक्ष ऋषि बस्नेतले बताए। गत वर्ष क्यानोनिङ र अन्य कार्यक्रम हुँदै आइरहेको यस झरनालाई थप व्यवस्थित गरेर यसपालिबाट महोत्सवका रुपमा यसको प्रचार–प्रसार गर्नसमेत प्रथम क्योनोनिङ महोत्सवको आयोजना गर्न लागिएको उनको भनाइ छ ।

महोत्सवका लागि अधिकांश काम सम्पन्न भइसकेका आयोजकले जनाएको छ । सोही महोत्सवमा स्थानीय कलाकार र डिजेका विभिन्न प्रस्तुतिसमेत गरिने भएका छन् । महोत्सव अवधिभर १० हजारदेखि १५ हजार दर्शक विभिन्न स्थानबाट आउने अपेक्षा आयोजकको छ । महोत्सव सञ्चालनका लागि करीब साढे चार लाख खर्च हुने बताइएको छ । त्यस्तै सन् २०२० मा अन्तरराष्ट्रिय क्यानोनिङसमेत यसै झरनामा हुने र सो क्यानोनिङमा २६० जनाले क्यानोनिङ गर्ने आयोजकको दाबी छ । गाईखुरे झरना करीब ७० मिटर अग्लो छ । रासस