आकाशियो सुनको मूल्य, प्रतितोला १२ सयले बढ्यो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आकाशियो सुनको मूल्य, प्रतितोला १२ सयले बढ्यो


३० श्रावण २०७६, बिहिबार


काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि प्रतितोला छापावल सुनको मूल्य ७१ हजार ५०० रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।

चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस