१० हजार घुससहित शिक्षक पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१० हजार घुससहित शिक्षक पक्राउ


२८ श्रावण २०७६, मंगलबार


काठमाडौँ । घोराही दाङका शिक्षक गणेश केसी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माध्यमिक विद्यालय रझेनाका शिक्षक केसीलाई १० हजार घुससहित नियन्त्रणमा लिएको हो।

डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिन सहजीकरण गरिदिने बहानामा शिक्षक केसीले परीक्षार्थीसँग घुस लिएका थिए।

घोराही उपमहानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएका केसीको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस