काठमाडौं । चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने ४० वर्षीय कृष्ण कुमार लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कलंकी बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय कृष्ण कटुवाल समेत ६ जनालाई नगद ७५ हजार १ सय ६० रुपैयाँ र ३ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







