२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनै तहका सरकार मिलेर रामग्रामको विकास गर्छौँ : मन्त्री भट्टराई

अ+ अ-

परासी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले तीनै तहका सरकार मिलेर रामग्रामको विकास गरिने बताएका छन् । पश्चिम नवलपरासीको ऐतिहासिक रामग्राम स्तूप क्षेत्रको अवलोकनमा आएका मन्त्री भट्टराईले स्थानीय अगुवासँगको अन्तरक्रियामा भने, ‘यो स्तूप क्षेत्रको विकासमा प्रधानमन्त्रीको पनि विशेष चासो रहेको छ, हामी सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार मिलेर यसको विकास गर्छौँ तर संरक्षण गर्ने काम तपाईँहरुकै हो ।’

मन्त्री भट्टराईले लुम्बिनी गुरुयोजनानुसार रामग्रामको ऐतिहासिकता र पुरातात्विकता संरक्षण हुने गरी विकासका संरचना अघि बढाइने उल्लेख गरे । ‘रामग्राम स्तूप क्षेत्र अब हिजोको जस्तो अवस्थामा हुने छैन, गुरुयोजनाअनुसार हामीले यसको ऐतिहासिकता जोगाएर आवश्यक संरचना बनाउछौँ र भैरहवामा विमानस्थल बनेपछि यहाँ पर्यटन आगमन थप बढ्नेछ’, उनले भने ।

सो अवसरमा प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले रामग्रामको विकासमा प्रदेश सरकारले यस वर्ष बुद्ध सङ्ग्रहालय, स्तूप र देउरवा जोड्ने पुल निर्माणका लागि प्रक्रिया शुरु गरिसकेको जानकारी दिए ।

यसैगरी लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयलेरु सात अर्ब १३ करोडको लागतमा स्तूपको काम भइरहेको जानकारी दिए । उनले भने, ‘हामी एक वर्षदेखि जग्गा अघिग्रहणको लागि लागिरहेका छौँ, त्यसको फाइल अहिले अर्थ मन्त्रालयमा पुगेको छ, त्यसका साथै यहाँ सङ्ग्रहालय र ध्यान केन्द्र पनि बनाउने योजना बनाएका छौँ ।’