२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाखौँको धनमाल चोरी

अ+ अ-

बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ को अतिव्यस्त चोकमै लाखौँको धनमाल चोरी भएको छ ।

पूर्वपश्चिम राजमार्गबाट ५० मिटर दूरी र बर्दिवास–जलेश्वर सडकको मुखमै रहेको बर्दिवास–१४ स्थित विवेक ज्वेलर्सबाट मङ्गलबार राति चाँदी र नगदसहित रु पाँच लाखको धनमाल चोरी भएको हो ।

राति सुन चाँदी पसल विवेक ज्वेलर्सको मुख्य सटर फोडेर चोरी भएको पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । पसल सञ्चालक श्यामकिशोर साहले पाँच किलो चाँदीका तयारी गहना र रु ७५ हजार नगद चोरी भएको बताएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिए ।

चोरले पसलको मुख्य सटर तोडेर भित्र पसे पनि मुख्यसेफ भने फोड्न नसक्दा सुन लान नसकेको ज्वेलर्स सञ्चालक साहको भनाइ छ । पसलभित्र प्रदर्शनीमा राखिएका चाँदीका गहना र नगदसहित रु पाँच लाखको धनमाल भने चोरले लगेका साहले बताए।

बर्दिवास नगर क्षेत्रमा लागुपदार्थ दुर्व्यसनी यस्ता चोरीका घटनामा सरिक हुने गरेका स्थानीय व्यापारी बताउँछन् । पूर्वपश्चिम राजमार्गको भोला वसन्तचोकस्थित प्रहरी बिटबाट चोरी भएको पसलको दूरी ५० मिटर रहेको छ ।

यसैबीच प्रहरी नायब उपरीक्षक थापाले नजिकका पसलमा रहेका सिसी क्यामेराको फुटेजका आधारमा प्रारम्भिक अनुसन्धान थालिएको बताए । रासस