काठमाडौं । धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा परेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभीलाई खरिद कार्यमा सहभागी हुनबाट रोक लगाएको हो ।
कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उननियम (२) अनुसार दुवै निर्माण कम्पनीलाई कारबाही गरेको जनाएको छ । खरिद नियमावलीको यो दफामा कालोसूचीमा परेका निर्माण कम्पनीले यसको टुंगो नलागेसम्म नयाँ सार्वजनिक खरिद कार्यमा भाग लिन नपाउने उल्लेख छ ।
कार्यालयले समयमा तोकिएको कार्य नगर्ने निर्माण कम्पनीलाई कति अवधिसम्मका लागि कालोसूचीमा राखिएको हो भन्नेबारे भने खुलाएको छैन ।
यस्तो छ सुचना :








