२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यको समायोजनमा दलगत आस्था र चलखेल गरेको भन्दै ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले हाल गरिरहेको समायोजनको विषयमा नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालले ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मीको समायोजन गर्दा सामान्य प्रशासन मन्त्रालयले पठाएको मापदण्ड विपरीत दलगत आस्था र चलखेलको आधारमा एकलौटी समायोजन गरिरहेकोले तत्काल सच्चाउन आवश्यक भएको भन्दै पार्टीको तर्फबाट पहल गरी दिन आइतबार संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट गरी अनुरोध गरेको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको केन्द्रीय सदस्य रामकुमार धमलाले बताए ।

सङ्घका अध्यक्ष भक्तिमान सुब्बाको नेतृत्वमा केन्द्रीय पदाधिकारीहरू जगत् नेपाली, रामहरि ढकाल, त्रिलोक गुरुङ , राधा सिलवाल, अन्जु बस्नेत, विष्णु फुयाँल, हिमाल तिवारी, तोप थापा र सिद्ध प्रसाद ढुङ्गाना लगायतको टोलीले सिंहदरवार स्थित संसदीय दलको कार्यालयमा पुगी नेता नेम्ववाङलाई भेटेको हो ।

भेटमा स्वास्थ्य क्षेत्रमा भएको समस्याको विषयमा पार्टीलाई जानकारी भएको र तत्काल समाधान गर्न पहल गर्ने नेता नेम्वाङले आश्वासन दिएका थिए ।

मापदण्ड विपरीत समायोजन गर्न दिन्न : सामान्य सचिव कोइराला
सो सङ्घको पदाधिकारी सद्स्यहरुको टिमले सामान्य प्रशासन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई पनि भेट गरी स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी समायोजनको अपारदर्शी र एकलौटी ढङ्गले गरिरहेको प्रति ध्यानाकर्षण गराएका छन् ।

भेटमा सचिव कोइरालाले सामान्यले पठाएको मापदण्ड विपरीत कुनै पनि हालतमा समायोजन गर्न नदिने विश्वास दिलाएको केन्द्रीय सदस्य धमलाले बताए ।

समायोजन गर्दा पद, तह र पायक पर्ने प्रदेश मिलान नभई समस्या भएमा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी संरचना संशोधन गरेर भए पनि समाधान गर्ने आश्वासन सचिव कोइरालाले दिएको धमलाले बताए ।

सचिव कोइरालाले स्वास्थ्यकर्मीको स्तरवृदि समायोजन सकिएपछि गरिने बताइएको छ ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन कार्य समापन भई सकेको घोषणा गरे पनि स्वास्थ्य सेवाका कर्मचारीको समायोजन अझै सकिएको छैन भने अन्य सेवातर्फपनि मिलान गर्न बाँकी छ ।