साउन, बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेतामाथि गोली प्रहार भएको छ ।
समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो ।
शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गोली लागेर सामान्य घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली नम्बर प्लेटरको मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भोगेको जानकारी घाइते यादवले प्रहरीलाई दिएका छन् । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।







