काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र धेरै भूभागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै भूभागमा वर्षाको सम्भावना रहेको र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
तयस्तै, भोलि बुधबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रहने र केही भूभागमा वर्षाको सम्भावना रहेको तथा देशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।
त्यसैगरी बिहीबार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानहरुमा वर्षाको सम्भावना छ ।