काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोगमा शिक्षा विकास तथा समन्वय एकाइ सल्यानका एकाइ प्रमुख धनबहादुर वलीलाई पक्राउ गरेको छ ।
शिक्षक सरुवा प्रक्रिया सहजीकरण गरिदिने भन्दै प्रमुख वलीले सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले आज उनकै कार्यलय परिसरबाट पक्राउ गरेको हो । आरोपी वलीको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।