ओखलढुंगा । ओखलढुंगामा भएको स्कारपियो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङका ५५ वर्षीय मिङ्मा शेर्पा र ४५ वर्षीय साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घाइतेको उदयपुरको घुर्मिस्थित आस्था अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा १६ च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको थियो ।







